प्रियदर्शिनी छेत्रीको मृत्यु मामिला, निष्पक्ष र गहन जाँचको माग

0
883
प्रियदर्शिनी छेत्री।

दार्जिलिङ, १३ अप्रेलः दार्जिलिङकी मेधावी शोधार्थी प्रियदर्शिनी छेत्रीको शङ्कास्पद मृत्यु मामिलामा गृह मन्त्रालय,  मध्यप्रदेश सरकार र जबलपुर पुलिस अधीक्षकले निष्पक्ष जाँचको आश्वासन दिएको सांसद राजु विष्टले जानकारी गराएका छन्।

विष्टका अनुसार प्रियदर्शिनीको मृत्यु मामिलालाई लिएर गृह मन्त्रालय, मध्यप्रदेश सरकार र जबलपुर पुलिस अधीक्षकसँग उनी सम्पर्कमा छन्।

साथै सांसदले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै निष्पक्ष र गहन जाँच गरिने कुरामा आश्वस्त गराएका छन्।

विष्टले यस घटनाबारे जानकारी पाएलगत्तै हिजो मध्यप्रदेशका गृहमन्त्री डा.  नरोत्तम मिश्रालाई पत्राचार गरी शोधार्थी प्रियदर्शिनी छेत्रीको मृत्यु मामिलामा निष्पक्ष र गहन जाँचको माग गरेका थिए।

स्मरणरहोस्, दार्जिलिङ सिंहमारी शान्तिपर्वत निवासी प्रियदर्शिनीको छेत्री मध्यप्रदेशको जबलपुरस्थित ट्रपिकल फरेस्ट रिसर्च इन्स्टिट्युटमा फरेस्ट जेनेटिक्सकी पीएचडी स्कलर थिइन्।

पढ्नमा अत्यन्त मेधावी प्रियदर्शिनी मृत्युको खबर परिवारले हिजो जबलपुर पुलिसमार्फत पाएका हुन्।

२९ वर्षीय प्रियदर्शिनीले आत्महत्या गरेको पुलिसले परिवारपक्षलाई बताए तापनि परिवारपक्ष आफन्त र गाउँलेहरू प्रियदर्शिनीले आत्महत्या गरिन् भन्ने कुरालाई पत्याएका छैनन्।

परिवार मध्यप्रदेश पुगिसकेका छन् भने आफ्नी छोरीको शङ्कास्पद मृत्यु मामिलाको निष्पक्ष र गहन जाँचको माग पनि गरेका छन्। प्रियदर्शिनीको मृत्युले अहिले शान्ति पर्वत नै शोकमा डुबेको छ। कसैले उनको मृत्युको खबर पत्याउनै सकिरहेका छैनन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here