पैह्रोले दार्जीलिङमा दुईवटा घर क्षतिग्रस्त (भिडियोसहित)

0
1041

दार्जीलिङ, १३ जूनः रातभरिको पानीले दार्जीलिङका विभिन्न स्थानमा पैह्रो गएर कतिपय घरहरू क्षतिग्रस्त बनेका छन्। यसका साथै पैह्रोको कारण केही स्थानका बाटोहरू पनि अवरूद्ध बनेको जानकारी पाइएको छ।

दार्जीलिङ पहाड़मा हिजो रातभरि पानी पऱ्यो। आज बिहानसम्म अविरल रूपमा परेको यो पानीले केही स्थानमा पैह्रो गएको छ। जसमध्ये दार्जीलिङको चौरस्तादेखि केही मुनि मूलडाँड़ा निवासी प्रमोद थापाको घरलाई पनि पैह्रो पूर्ण क्षति पुऱ्याएको छ भने सिङ्गताम चियाकमानको धनमानधुरानिवासी पवन गिरीको घरलाई पनि पैह्रोले क्षतिग्रस्त बनाएको छ।

यी पैह्रोको चपेटमा परी घरहरू क्षतिग्रस्त बने पनि कुनै अप्रिय घटना भने भएको जानकारी पाइएको छैन।

यसबारे प्रमोद थापाकी बहिनी सबिता थापासित सोध्दा उनले हिजो रातिदेखि अविरल आएको पानीको कारण नै आज बिहान करिब ९:३० बजेतिर माथिबाट सोहोरिएर झरेको पैह्रोले उनको दाजुको घर क्षतिग्रस्त बनेकी बताइन्।

सबिता थापाका अनुसार त्यस समय घरका परिवार र अन्य गरी ४ जना बसेर कुराकानी गरिरहेका थिए। यद्यपि कसैलाई पनि कुनै प्रकार क्षति नपुगेको उनको भनाइ छ। पैह्रोले घरभित्रका सामानहरूलाई पूर्ण रूपले क्षति पुऱ्याएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here