मैदानमै एरिक्सन बेहोस, डेनमार्क-फिनल्यान्ड म्याच स्थगित

0
866

कोपेनहगेन, 12 जूनः युरो कपमा आज दुखद घटना घट्यो, जसका कारण डेनमार्क-फिनल्यान्डबिचको खेललाई आधामै रद्द गरिएको छ।

खेलअवधि डेनमार्कका स्टार खेलाड़ी क्रिस्टियन एरिक्सन मैदानमै बेहोस भएर लड़े। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ।

एरिक्सन के कारण बेहोश भएका हुन्, त्यसको निश्चित कारण खुलिएको छैन।

मेडिकल इमर्जेन्सीकै कारण युईएफएले डेनमार्क-फिनल्यान्ड म्याचलाई आधिकारिक रूपमा रद्द गरेको छ। साथै डेनमार्कका यी स्टार खेलाड़ीलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताएको छ।

यसका साथै युईएफएले एरिक्सनको स्वास्थ्यअवस्थाबारे चाँड़ै अपडेट दिने पनि बताएको छ।

यसैबिच डेनमार्क फुटबल एसोसिएशनका अनुसार यी 29 वर्षीय मिडफिल्डरको होस आएको बताएको छ।

उल्लेखनी छ, खेलको 43औँ मिनटमा एरिक्सन बेहोस भएर लड़ेका हुन्। उनको अवस्था देखेर साथी खेलाड़ीहरू रोएका थिए।

खेलको पहिलो मिनटदेखि फिनल्यान्डमाथि डेनमार्कले प्रभाव जमाएको थियो।

संसारभरका फुटबल खेलाड़ी र फुटबल प्रशंसकहरूले एरिक्सनको स्वास्थ्यलाभ कामना गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here