बेसहाराहरूको सहारा नमस्ते फाउण्डेशन

0
1064

दार्जीलिङ, 13 अगस्तः समाज र परिवारबाट उपेक्षित र अवहेलित असहाय गरीब र बेसहारा मानिसहरूको सहायतार्थ काम गरिरहेको नमस्ते फाउण्डेशनमार्फत् असहायहरूलाई सहायता पुऱ्याउन समाजका विभिन्न क्षेत्रबाट मानिसहरू अघि सरिरहेका छन्।

रोचक कुरा के भने उनीहरू आफ्नो नामका लागि नभएर सामाजिक कर्तव्यबोधको कारण सेवा गरिरहेका छन्।

यसरी नै, नमस्ते फाउण्डेशनको निवेदन स्वीकार गर्दै एक सहृदयी युवक एवं ‘दार्जीलिङका प्र्याङ्क्स्टर’ -का सञ्चालकले करिब 20 जना असहाय र घरविहीन मानिसहरूलाई आफ्नो हातखर्च, पाकेटमनीबाट  एकछाक खाना ख्वाउने खर्च दानस्वरूप प्रदान गरेवापत नमस्ते फाउण्डेशन गरीब र असहायहरूलाई खाना ख्वाउने कार्य गरेको छ।

अधिकांश मानिसहरू ‘म, मेरो र मलाई’ भनिरहने यो समय यसरी आफूभन्दा कमजोर र असहायहरूप्रति दया जाग्नु भनेको एउटा  मानवताको बलियो संस्कार हो। यस्तो मानवीय संस्कार बोकेका तर आफ्नो नाम भने प्रकाशमा ल्याउन नचाहने युवालाई ‘नमस्ते फाउण्डेशन’ -ले कृतज्ञता जनाएको छ।

साथै हाम्रो समाजमा यस्ता युवाहरूको खाँचो रहेको पनि बताएको छ।

उल्लेखनीय छ, नमस्ते फाउण्डेशनले आफ्नो स्थापनाकालदेखि लगातार रूपमा यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here