गान्तोक, 13 अगस्तः राज्यमा कोरोना सङ्क्रमित बनेकाहरू उपचारपछि स्वस्थ भएर घर फर्किरहेका छन्। अहिले सिक्किममा निको हुनेहरूको सङ्ख्या धेरै बढ़ेको छ।
यसैक्रममा आज(बिहीबार) 31 जना स्वस्थ भई घर फर्किएका छन्। यसका साथै स्वस्थ भई अस्पतालबाट छुट्टी पाउनेहरूको कुल सङ्ख्या 581 पुगेको छ।
अर्कोतिर, आज राज्यमा केवल दुईवटा नयाँ पोजिटिभ मामिला प्रकाशमा आएको छ।
आज कोरोना सङ्क्रमित पाइएका दुवैजना दक्षिण सिक्किमका रहेको स्वास्थ्य विभागद्वारा जानकारी गराइएको छ। यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित 931 पुगेको छ भने एक्टिभ केस 349 रहेको छ।