खरसाङमा कोरोना सङ्क्रमण बढ़्दै

0
1045
महकुमा अधिकारीको कार्यालयमा सम्पन्न बैठक।

खरसाङ, 13 अगस्तः खरसाङमा पछिल्ला केही दिनयता लगातार रूपमा कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।

यसैक्रममा खरसाङमा थप 11 वटा नयाँ मामिला थपिएको छ। यी 11 वटा मामिला खरसाङ नगरपालिका क्षेत्रभित्रकै रहेको जानकारी पाइएको छ।

यसरी प्रतिदिन खरसाङमा कोरोना सङ्क्रमणको मामिला पाइनु ठूलो चिन्ताको विषय बनेको छ।  

यसैबीच, आज खरसाङ क्षेत्रमा बढ़्दो कोरोना सङ्क्रमणको मुद्दा र सङ्क्रमणलाई रोक्नका लागि उपाय र पहलबारे आज खरसाङ महकुमा कार्यालयमा एक बैठक सम्पन्न भयो।

सभामा महकुमा अधिकारीलगायत, नगरपालिकाका अध्यक्ष, आईसी खरसाङ,  खरसाङ अग्निशमन विभागका अधिकारी, खरसाङ अस्पतालका एसीएमओएच,  बीएमओएच सुकना र खरसाङका विधायक डा. रोहित शर्माको प्रतिनिधित्व गर्दै वार्ड नम्बर 20 का नगरपार्षद् सुवास प्रधान उपस्थित थिए।

अर्कोतिर, दार्जीलिङ जिल्लाशासकका अनुसार मिरिकमा पनि एकजना कोरोना सङ्क्रमित पाइएका छन्।

जिल्ला शासकका अनुसार कुल 62 जना उपचारपछि स्वस्थ भई आ-आफ्नो घर फर्केका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here