विमलपन्थी नेता निमा तामाङको घर पुलिसद्वारा कुड्डी, भाइ पासाङले भने – निमालाई खाने बाघले अरूलाई पनि खानसक्छ

0
1589

कालेबुङ, 13 सेप्टेम्बर : बिहीवार पुलिसले कालेबुङका विमल गुरुङपन्थी नेता तथा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन(जीटीए)-का पूर्व सभासद् निमा तामाङको घर कुड्की गरेको छ। बङ्गाल पुलिसले आज बिहानै तामाङको घर कुड्की गरेको हो। यहाँको सिडफार्मस्थित उनका तीनतले घरबाट प्रायः सबै सामग्री पुलिसले लगेको छ। कुड्कीको समय पुलिसले कठोर सुरक्षा व्यवस्था गरेको थियो। पुलिसले भान्सा घर र मूल घरका प्रायः सबै सामग्री पुलिसले लगेको छ।

विमलपन्थी नेता निमा तामाङमाथि गोर्खाल्यान्ड आन्दोलनकालमा विभिन्न मुद्दा लागेको छ। त्यसै मुद्दाका लागि तामाङ अदालतमा उपस्थित नभएपछि घर कुड्की गर्ने नोटिस जारी गरेको थियो। नोटिसमा पुलिसले उनलाई आत्मसमर्पण गर्न भनेको थियो, तर तामाङले आत्मसमर्पण नगरेपछि आज घर कुड्की गरेको पुलिसले बताएको छ।

विमलपन्थी नेता निमा तामाङ 34 नम्बर होम्स भालुखोप समष्टिका पूर्व पार्षद् हुन्। उनी युवा मोर्चा कालेबुङका सल्लाहकार पनि थिए। उनी भूमिगत भएपछि उक्त घरमा घरकी पत्नी टिना तामाङ र एक छोरा र एक छोरी बस्दै आएका थिए। आज पुलिसले उनको भित्र रहेका सबै सामग्री लगेर घरमा सील गरेपछि उनीहरू अन्यत्र बस्न बाध्य भएका छन्।

निमालाई खाने बाघले अरूलाई पनि खानसक्छ  पासाङ तामाङ
निमा तामाङका भाइ पासाङ तामाङले यो घटनाप्रति दुःख प्रकट गरेका छन्। पासाङ तामाङले निमालाई दुःख परेको बेला थप्पड़ी बजाउनु हुँदैन। उनलाई खाने बाघले तपाईंलाई पनि खानसक्ने बताएका  छन्। साथै उनले आफ्ना दाजु राजनीतिक शिकार भएको बताए।निमा दोषी थिए होला, तर उनको परिवार दोषी थिएन”, पासाङले थपे, “उ राजनीतिको शिकार भयो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here