किरण रिजिजु अघि गोर्खाल्यान्डको ब्यानर, रामदेवले केन्द्रिय गृहराज्य मन्त्रीसँग अनुरोध गरे- गोर्खाहरूको मागबारे केन्द्रले पहल गरिदियोस्

0
1143

नयाँदिल्ली, 13 सेप्टेम्बर :  गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले बुधवार दिल्ली केन्द्रिय गृह राज्य मन्त्री किरण रिजिजुलाई गोर्खाल्यान्ड लेखिएको ब्यानर देखायो। वास्तवमा दिल्लीको तालकटोरा स्टेडियममा हाम्रो स्वाभिमान ट्रस्टद्वारा आयोजित हरितालिका तीज पर्वमा उपस्थित हुन पुगेका जीएसएसएसका सदस्यहरूले रिजिजुलाई गोर्खाल्यान्ड लेखिएको ब्यानर देखाएका हुन्। कार्यक्रममा जीएसएसएस पनि निम्तो गरेको थियो।
जीएसएसएस प्रवक्ता अन्जनी शर्मा भुजेलले जनसंवादलाई बताएअनुसार उनीहरूले स्वामी रामदेव र गृहराज्य मन्त्री किरण रिजिजुको सम्बोधनअवधि गोर्खाल्यान्डको ब्यानर देखाएका थिए। “हामी हाम्रो मागबारे उनीहरूलाई ध्यानाकर्षण गराउन चाहन्थ्यौं, त्यसैले उनीहरूले तीज पर्वलाई सम्बोधन गरिरहँदा हामीले गोर्खाल्यान्डको ब्यानर देखाएका हौं’’, उनले थपे, “जीएसएसएसले गोर्खाल्यान्ड प्राप्तिका लागि आफ्नो मुभमेन्टलाई निरन्तर जारी राख्नेछ।’’
उनका अनुसार कार्यक्रममा स्वामी रामदेवले केन्द्रिय मन्त्रीसँग गोर्खाहरूको दीर्घाकालीन मागबारे केन्द्रले समुचित पहल गरिदिनुपर्ने माग पनि राखेका थिए, जसमाथि किरण रिजिजुले सकारात्मक जवाफ दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here