एसएफआई-डीवाईएफआई कार्यकर्ता र पुलिसबीच झड़प, धेरै घाइते

0
1005
फोटो -एएनआई ट्विटर।

हावड़ा, 13 सेप्टेम्बर : युवाहरूलाई रोजगार माग गरी राज्य सचिवालयतर्फ बढ़िरहेका स्टुडेन्ट फेडरेशन अव् इण्डिया (एसएफआई) र डेमोक्रेटिक युथ फेडरेशन अफ् इण्डिया (डीवाईएफआई)-का कार्यकर्ता र पुलिसबीच शुक्रवार झड़प भएको छ। यो झड़पमा धेरै घाइते भएको बताइएको छ।

माकपाका छात्र र युवा सङ्गठनका कार्यकर्ताहरूले पुलिसमाथि ढुङ्गामूढ़ा गरेको आरोप उठेको छ। एसएफआई र डीवाईएफआईका कार्यकर्ताहरूले ढुङ्गामूढ़ा गरेपछि पुलिसले आँसु ग्यास छोड़्नका साथै लाठीचार्ज गरेको थियो। उनीहरूले विहीवार युवाहरूका लागि रोजगारको माग गर्दै सिङ्गुरबाट ऱ्याली निकालेका थिए।

ऱ्याली शुक्रवार अपराह्न राज्य सचिवालय पुगेर समापन हुने कार्यक्रम थियो। एसएफआई र डीवाईएफआईका कार्यकर्ताहरूले सिङ्गुरको त्यसै स्थानबाच ऱ्याली निकालेका थिए, जहाँ टाटाको नेनो कार संयन्त्रको प्लाण्ट विरोधको कारण रद्द गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here