टोकेसहित कीर्ते पत्रकार पक्राउ

0
1119
बरामद गरिएको टोके जेको।

सिलगढ़ी, 13 सेप्टेम्बर :शुक्रवार बिहान बेलाकोबा रेञ्जका कर्मचारीहरूले राष्ट्रिय राजमार्ग 31 स्थित फटापुकुरबाट जिउँदो टोके जेकोसहित दुई व्यक्तिलाई पक्राउ गरेका छन्। पक्राउ परेका व्यक्तिबाट दिल्लीस्थित एक कार्यालयबाट जारी गरिएको कीर्ते प्रेस कार्ड पनि बरामद भएको छ।

बेलाकोबा रेञ्चका अधिकारी एवं उत्तर बङ्गाल स्पेशल टास्क फोर्सका प्रमुख सञ्जय दत्ताले जानकारी गराएअनुसार पक्रा परेका दुई व्यक्तिको नाम अतुल सरकार र जीवन बर्मन हो। दुवै अलिपुरद्वार जिल्लाको फालाकाटानिवासी हुन्।

जानकारीका अनुसार गोप्य सूचानाको आधारमा वन कर्मचारीहरूले आज बिहानै चलाएर एक अभियान चलाएर उनीहरूलाई पक्राउ गरेका हुन्। वन कर्मचारीहरूले आज बिहानै 3 बजे  घेराबन्दी गरी छापामारी गर्दा उनीहरूले उक्त टोकेको मोलतोल गरिरहेका थिए। दत्ताका अनुसार अन्य दुईजना भने भाग्न सफल भए।

टोके जेकोलाई एउटा सानो कालो ब्यागभित्र लुकाएर राखेको थियो। पक्रा परेका आरोपीद्वयले उक्त टोकेलाई नेपालमा तस्करी गर्ने योजना रहेको स्वीकारेका छन्। टोके असमबाट किनिएको थियो।

दुवैले केरकारअवधि कबुल गरेअनुसार भारतबाट नेपालमा टोके जेकोको तस्करी बढ़ेको छ। किनभने टोकेको अन्तर्राष्ट्रिय मूल्य 5 देखि 6 लाख छ। तर, नेपालमा यसको मूल्य केही अधिक छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here