जयपुर, 13 अक्टोबर : राजस्थानको बिकानेर र यसका छेउछाउका क्षेत्रहरूमा आइतवार बिहान 10:36 बजे भुइँचालोको झट्का महसुस गरियो। भुइँचालोको तीव्रता रिक्टर स्केलमा 4.5 मापिएको छ। भुइँचालोको झट्का महसुस भएलगत्तै डरले मानिसहरू घरबाहिर निस्केर सड़कमा जमा भएका थिए।
भुइँचालोको झट्काले मानिसहरू आतङ्कित भएका थिए। भुइँचालोको केन्द्र जमिनबाट 10 किलोमिटर मुनि रहेको बताइएको छ। यो समाचार तयार पारुञ्जेलसम्म क्षय-क्षतिको कुनै जानकारी प्राप्त भएको थिएन।
भुइँचालोको झट्का बिकानेरसमेत खाजुवाला, सत्तासर, छत्तरगढ़, कालासर र नुरसरलगायत धेरै क्षेत्रमा महसुस गरिएको बताइएको छ। स्मरण रहोस्, पछिल्लो महिना पनि राजस्थानमा भुइँचालोको झट्का महसुस गरिएको थियो।