गान्तोक, 13 अक्टोबरः सिक्किममा आज कोरोना सङ्क्रमित थप दुइजनाको मृत्यु भएको छ।
यससँगै कोरोनाका कारण राज्यमा मृत्यु हुनेहरूको कुल सङ्ख्या 59 पुगेको छ।
आज मृत्यु हुनेहरूमा एकजना दक्षिण सिक्किमको मामरिङनिवासी तथा अर्का पूर्व सिक्किमको आरिथाङनिवासी रहेको बताइएको छ।
जानकारीका अनुसार उनीहरू दुवै अन्य रोगले पनि ग्रसित थिए।
अर्कोतिर आज राज्यमा कोरोना सङ्क्रमणको 50 नयाँ मामिला प्रकाशमा आएको छ, जसमा पूर्व सिक्किमबाट 42, दक्षिण सिक्किमबाट 6 र उत्तर सिक्किमबाट 2 रहेको छ।
यसैबीच आज 89 जना स्वस्थ बनेर आ-आफ्नो घर फर्किएका छन्।