कोमल सीनियर टीममा, जर्डनविरुद्ध मैत्री म्याचका लागि छनौट

0
1180
युवा ट्यालेण्ट कोमल ठटाल (फाइल फोटो)।
गान्तोक, 13 नोभेम्बर : सिक्किमे छोरा कोमल ठटालले टीम इण्डियाको सीनियर टीमबाट खेल्ने अवसरमा पाएका छन्। 
पछिल्लो वर्ष अण्डर-17 विश्वकप फुटबल खेलेका18 वर्षे कोमल अहिले इण्डियन सुपर लीगमा एथ्लेटिको कोलकाताबाट व्यावसायिक फुटबल खेल्दैछन्। झर्झराउँदो लयमा रहेका कोमलको फुटबल स्किल हेरेर म्यान इन् ब्लूका प्रशिक्षक स्टेफन कन्स्टेनटाइनले सीनियर टीममा बोलाएका हुन्।
भारतीय टीमले यसै महिनाको 17 तारिख जर्डनविरुद्ध मैत्री म्याच खेल्नेछ। यो महत्त्वपूर्ण म्याच अघि  टीम इण्डियाका स्टार स्ट्राइकर एवं कप्तान सुनिल छेत्री घाइते भएका छन्। छेत्री घाइते भएर जर्डनविरुद्ध म्याच खेल्न नसक्ने भएपछि उनको स्थानमा कोमललाई यो म्याचका लागि प्रशिक्षक कन्स्टेनटाइनले सीनियर टीममा बोलाएका हुन्।
एटीकेबाट खेलिरहेका युवा ट्यालेण्ट कोमलले आईएसएलमा उम्दा प्रदर्शन गरिरहेका छन्। उनले  पछिल्लो 31 अक्टोबरको दिन बलियो बेङ्ग्लुरु फुटबल क्लबविरुद्ध गोल गरी आईएसएलमै सबैभन्दा कलिलो उमेरमा गोल गर्ने  खेलाड़ी बनेका छन्। उनको फुटबल स्किल र गोल गर्ने क्षमतालाई एटीकेका कोच स्टीभ कोप्पेलले पनि प्रशंसा गरेका छन्।
कोमलले एटीकेका लागि खेलिरहेका छन्। उनको क्षमता र फुटबल स्किल गजबको छ”, कोप्पेलले भनेका छन्। कोमल ती खेलाड़ी हुन्, जसले कलिलै उमेरदेखि थुप्रै उपलब्धि प्राप्त गरिरहेका छन्। कोमल ब्राजीलविरुद्ध गोल गर्ने एकमात्र भारतीय खेलाड़ी हुन्। कोमलले ब्रिक्स अण्डर -17 खेलमा ब्राजीलविरुद्ध गोल गर्दै यो कीर्तिमान आफ्नो नाममा गरेका थिए। कोमलसँगै उत्तराखण्डका युवा ट्यालेण्ट अनिरुद्ध थापाले पनि सीनियर टीममा स्थान पाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here