सन्दकफूमा हिमपात, दार्जीलिङमा मुटु कमाउने जाड़ो

0
1198
सन्दकफूमा परेको हिउँ।

दार्जीलिङ, 13 दिसम्बरः दार्जीलिङको लोकप्रिय पर्यटन स्थल सन्दकफूमा हिउँ परेको कारण शहरमा अत्यधिक जाड़ो बढ़ेको छ। जानकारीका अनुसार सन्दकफूमा यो वर्षकै पहिलो हिमपात हो। आज अपराह्नदेखि हिउँ पर्न शुरु गरेको बताइएको छ।

दार्जीलिङ शहरदेखि करिब ६१ किलोमिटर टाढ़ामा रहेको छ। यसको उँचाइ ११,९२९ फुट रहेको छ। हिउँ पर्न शुरु गरेको क्षेत्रमा पर्यटकहरूको घुइँचो लाग्ने सम्भावना बढ़ेको छ।

अर्कोतिर आज दार्जीलिङको तापमान अधिकतम् ८ डिग्री सेल्सियस रहेको थियो। बेलुकीको समय हल्का पानीसमेत परेको पन  जाड़ो ह्वात्तै बढ़ेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here