सांसद दुबेलाई भाजपाले कारबाही गरोस् : अजय एड्वर्स

0
1007

दार्जीलिङ, 13 दिसम्बर: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले कङ्ग्रेसका पूर्व सांसद स्व. मणिकुमार सुब्बालाई लिएर झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले दिएको बयानको कड़ा शब्दमा निन्दा गरेको छ।

गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले दुबेको बयानको निन्दा गर्दै यी सांसदमाथि भारतीय जनता पार्टीले कारबाही गर्नुपर्ने माग गरेका छन्।

भाजपा सांसदले पूर्व कङ्ग्रेस सांसद स्व. सुब्बालाई नेपालका अनुप्रवेशकारीलाई भनी लाञ्छना लगाएर सांसद निशिकान्त दुबेले भारतभरि छरिएर बसेका गोर्खाहरूको अपमान गरेको पनि उनले बताएका छन्।

मणि कुमार सुब्बा तीनपटकसम्म लोकसभामा निर्वाचित भएका सांसद् हुन्। उनले गोर्खाहरूका लागि धेरै काम गरेका छन्, गोरामुमो नेता एड्वर्डले थप भनेका छन्, सांसद निशिकान्त दुबेलाई भारतीय जनता पार्टीले कारबाही गरोस् भनी म माग गर्दछु।

यसका साथै उनले सांसद दुबेले स्व. सुब्बालाई लक्षित गरी यस्तो दुर्भाग्यपूर्ण बयान दिएपछि लगत्तै दार्जीलिङका सांसद राजु विष्टलाई फोनमार्फत् जानकारी गराउँदा सांसद विष्टले यसबारे अघिबाटै गृहमन्त्री अमित शाहसँग वार्ता गरिसकेको तथा लोकसभाको रेकर्डबाट उक्त बयानलाई हटाउने वचन दिएको जानकारीसमेत गराएको विज्ञप्तिमा बताएका छन्।

गोर्खा राष्ट्रिय मुक्ती मोर्चा जाति र माटोको उन्मुक्तिका लागि जन्मिएको पार्टी हो । संस्थापक अध्यक्ष सुवास घिसिङ मूलमन्त्र पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो-लाई शिरोपर गरी अहिलेसम्म अघि बढ़िरहेको छ’, एड्वर्डले विज्ञप्तिमा थप भनेका छन्, यदि जातिलाई यस्तो किसिमको लाञ्छना लगाउँछ भने गोरामुमो पार्टीले कुनै पनि हालतमा सहन गर्नेछैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here