विष्टले सदनमा उठाए सडकका समस्या

0
1090

दार्जिलिङ, १३ दिसम्बरः सांसद राजु विष्टले आज सदनमा दार्जिलिङ पहाड़का सडकहरूका दुरवस्थाको मुद्दा उठाउँदै सड़कसँग सम्बन्धित जति पनि योजना छन्, ती परियोजना यथाशीघ्र शुरू गर्नुपर्ने भारत सरकारसमक्ष निवेदन गरेका छन्।

उनले दार्जिलिङ पहाड़मा सडक मार्गको अवस्था अत्यन्त सोचनीय रहेको पनि सदनलाई अवगत गराए। साथै केही योजनालाई केन्द्र सरकारले अघिबाटै मञ्जुरी दिइसकेको पनि जनाए।

सांसद विष्टका अनुसार चारवटा अन्तर्राष्ट्रिय सीमाले घेरिएको संवेदनशील क्षेत्र भए तापनि दार्जिलिङ पहाड़मा सड़कको अवस्था सोचनीय छ, जुन राष्ट्रिय सुरक्षाको दृष्टिले पनि सही होइन।

अर्कोतिर उनले सदनमा बङ्गाल सरकारले यी सडकहरूलाई ठिक गर्न पर्याप्त पैसा नभएको र कुनै काम नभइरहेको पनि बताए।

उल्लेखनीय छ, आज शहीद सतपाल राईको अन्तिम यात्रामा सहभागी भई श्रद्धाञ्जली चढ़ाउन तकदा चियाकमानको कटुसे गाउँ पुगेका सांसद राजु विष्टले त्यहाँको सडकको अवस्था देखेर चिन्ता व्यक्त गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here