अन्तरिक्ष घुमाउन जीवनसाथीको खोजी

0
1956
साङ्केतिक तस्वीर।

कति मान्छेको इच्छा र सपना साँच्चै अनौठो र उदेगलाग्दो हुन्छ।  जापानका एक करोड़पतिलाई अन्तरिक्ष घुम्नका लागि जीवनसाथीको खाँचो छ। जीवनसाथीलाई लिएर उनी अन्तरिक्ष घुम्न जान चाहन्छन्। यसका लागि यी करोड़पति अनलाइन अपील गरेका छन्।

44 वर्षीय युसाकु मेजवाले आफ्नो पोस्टमा लेखेअनुसार जीवनसाथीका लागि आवेदकको उमेर 20 वर्षभन्दा अधिक र अविवाहित हुन आवश्यक छ। साथै आवेदक आशावादी र अन्तरिक्षमा जानका लागि इच्छुक हुनपर्नेछ।

करोड़पति युसाकुका अनुसार आउँदो 17 जनवरीसम्म आवेदन गर्नसकिनेछ। मार्च महिनामा आवेदकहरूमध्ये एकलाई छनोट गरिनेछ।

चयनितलाई उनको वृत्तचित्र (डक्युमेन्ट्री) ‘फुल मून लवर’-मा पनि काम गर्ने मौका पाउनेछन्। साथै 2023 मा चयनित महिलाले अन्तरिक्ष यान स्पेसएक्समा युसाकु मेजवासँग चन्द्रमा नजिक 6 दिन बिताउने मौका पाउने बताइएको छ।

आफूले एकलोपन र रिक्तता महसुस गरिरहेको मेजवाले स्वीकार गरेका छन्। यसभन्दा अघि उनले केही दिनअघि एक मिलियन येनलाई आफ्नो एकहजार ट्विटर फलोअर्सलाई बाँड़्ने घोषणा गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here