पिउने पानीको परियोजनामा हेलचेक्राइको आरोप, जचेससले भन्यो- ट्याङ्की बनाइएको छ, तर पानी छैन

0
1678

मिरिक, 14 जनवरीः पछिल्ला केही महिनायता गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) -का विकासकार्यहरूमाथि भइरहेको अनियमितता र धाँधलीलगायत सामाजिक सरोकारका अन्य मुद्दाहरूबारे आवाज उठाउँदै आइरहेको गोरामुमो जनचेतना सङ्घर्ष समितिले मिरिक खण्डअन्तर्गत् पर्ने तराईको पुटुङमा पिउने पानीको परियोजनामाथि प्रश्न तेर्साएको छ।

स्थानीय मानिसहरूका अनुरोधमा जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा आज एक टोली सौरेनी-पानीघट्टा समष्टिअन्तर्गत पुटुङ पुगेको थियो।

यसअवधि टोलीले त्यहाँ 2018 मा पीएचई विभागमार्फत् बनिएको ट्याङ्कीमा पानी नै नरहेको तथा जुन स्रोतबाट पानी ल्याइनुपर्ने, त्यहाँ पानीको पाइप नै नरहेको विषयलाई उठाउँदै यो परियोजना व्यापक लापरवाही अपनाएको दाबी गरेको छ।

करिब 200 घर रहेको पुटुङमा पानीको गम्भीर समस्या रहेको तथा पिउने पानी भनेर नयाँ ट्याङ्की बनाउने कार्य गरे तापनि पुरानै पाइपबाट पुरानै ट्याङ्कीमा पानी आइरहेको मञ्जिला तामाङले बताएकी छन्।

पुटुङमा पानीको ठूलो समस्या नरहे तापनि नयाँ पाइपबाट नयाँ ट्याङ्कीमा पानी तानेर गाउँलेहरूलाई वितरण गर्ने किन कार्य गरिएन भन्ने उनको प्रश्न छ।

यसबारे सम्बन्धित विभागले निगरानी किन समुचित पदक्षेप उठाउनुपर्ने पनि उनले माग गरेकी छन्।

जुन प्रकारले यो परियोजनामा हेलचेक्राइ भएको छ, त्यो सरसार गलत हो। सरकारले स्थानीय मानिसहरूका लागि पिउने पानीका लागि पैसा दिएको हो”, उनले थपिन्, “पानीका लागि पाइप सरकारले नै दिएको छ। तर, पाइप बिछ्याइएको छैन।

यसबारे चाँड़ै समितिले सम्बन्धित विभागका अधिकारीहरूलाई भेट गरी ज्ञापन चढ़ाउने पनि तामाङले बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here