पहाड़का मानिसहरूलाई फेरि दागोपाप र जीटीएजस्ता व्यवस्थामा नझुकाओस् : विनय

0
1012
विनय तामाङ।

दार्जीलिङ, 14 फरवरीः गोर्खाल्याण्ड युनियन टेरिटोरीसम्बन्धी सुब्रमण्यम स्वामीको ट्वीटलाई लिएर विनय तामाङले यू-टर्न गरेका छन्।

मङ्गलवार बिहानै भाजपाका वरिष्ठ नेता सुब्रमण्यम स्वामीले भाजपाले 2014 को साङ्गठनिक संस्कृतिलाई हेरेर आफ्नो वाचाअनुसार गोर्खाल्याण्ड युनियन टेरिटोरी गठन गर्नुपर्ने बताएका थिए। ट्वीटमा उनले गोर्खाल्याण्ड उच्च प्राथमिकता बताएका थिए।

त्यसैदिन स्वामीको यस्तो ट्वीटमाथि प्रतिक्रिया व्यक्त गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले यसलाई ‘एक नाटक’ र ‘गोर्खाको आँखामा धुलो हाल्ने काम’-को संज्ञा दिएका थिए।

तर, शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी उनले आफ्नो अघिल्लो बयानबाट यू-टर्न गरी स्वामीको ट्वीटलाई स्वागत गरेका छन्।

विज्ञप्तिमा तामाङले स्वामीको ट्वीटलाई स्वागत मात्र गरेका छैनन् तर उनलाई पनि दिएका छन्। साथै 2015- देखि अहिलेसम्म उनले 6 पटक यस्ता ट्वीट गरिसकेको बताएका छन्।

‘८ फरवरीमा सुब्रमण्यम स्वामीद्वारा गरिएको उक्त ट्वीटलाई आजसम्म 6 दिनसम्म मैले समीक्षा गरिरहेको छु। हालसम्म उक्त ट्वीटलाई 4434 पटक विभिन्न मानिसद्वारा रिट्वीट गरिएको छ’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘सिक्किमका सांसद इन्द्रहाउ सुब्बाप्रति पनि म आभार व्यक्त गरद्छु, जसले उक्त ट्वीटलाई रिट्वीट गरेका छन् भने। गोर्खाहरूको स्थायी राजनीतिक समाधानका लागि आफ्नोतर्फबाट पनि सहयोग प्रदान गर्न तत्पर रहेको बताएका छन्।’

उनका अनुसार स्वामीको ट्वीट मिडिया र सोशल मिडियामा पनि आकर्षणको केन्द्र बनिरहेको छ भने यसले राजनीतिक समूहमा पनि नयाँ माहोल तयार गरिरहेको छ।

अर्कोतिर,  विनयले यस विषयमा स्वाभाविकै रूपमा विमलपन्थी गोजमुमो, गोरामुमो र विशेषगरी सांसद राजु विष्टको तीखो आलोचना गरेका छन्।

‘गोर्खाल्याण्ड ल्याउँछु भनेर महाकाल बाबाको सामुन्ने जनतासामु कसम खाएर गोर्खाहरूको भोटले सांसद बनेका राजु विष्ट भने यस विषयमा अहिलेसम्म मौन छन्। सांसदका फेसबुक र ट्विटर सक्रिय रहेका छन्। हरेक दि उनी दुवै साइटमा एक्टिभ छन्’, उनले भनेका छन्, ‘तथापि सुब्रमण्यम स्वामीको उक्त ट्वीटमा उनले न रिट्वीट गरेका छन् न त उक्त ट्वीटबारे एक शब्द नै बोलेका छन्।’

विनयका अनुसार यसले पनि सांसद विष्ट गोर्खाहरूलाई लिएर कतिसम्म गम्भीर छन् भन्ने स्पष्ट हुन्छ। ‘सांसद राजु विष्टभन्दा बरू सुब्रमण्यम स्वामी गोर्खाहरूको मुद्दामा इमानदार रहेको बुझिन्छ’, तामाङले भनेका छन्।

यसका साथै सुब्रमण्यम स्वामीको उक्ट ट्वीटले भाजपा सरकार र सांसदको इमानदारिता गोर्खाहरूप्रति के कति छ भन्ने बुझाउने तथा यदि सांसद इमानदार छन् भने उक्त ट्वीटको रिट्वीट गरी स्वामीले जस्तो स्पष्ट अड़ान सरकारसमक्ष राख्नुपर्ने बताएका छन्।

विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘राजु विष्टले यो एक साताभित्रमा द्विपक्षीय र त्रिपक्षीय वार्ताको कुरा गरिरहेका छन्। तर म उहाँलाई अवगत गराउन चाहन्छु, 2017-मा 105 दिनको बन्द फिर्ता लिने आग्रह गर्दै केन्द्रिय गृह मन्त्रालयले सेप्टेम्बर 2017-मा नै त्रिपक्षीय बैठक गरिने आश्वासन दिएका थिए। तर, आज तीन वर्ष पुग्नै लाग्दा पनि उक्त वार्ताको अत्तोपत्तो छैन।’

अर्कोतिर मोर्चा दोस्रो खेमाका अध्यक्षले त्रिपक्षीय वार्ताको एजेन्डा के हुनेछ भन्ने पनि विष्टलाई प्रश्न गरेका छन्। यसैगरी विनयले आफ्नो पार्टीले गोर्खाहरूको स्थायी राजनीतिक समाधान केवल गोर्खाल्याण्ड हो भन्ने कुरामा विश्वास राखेको समेत बताएका छन्।

उनका अनुसार चुनाउमा गोर्खाल्याण्ड भनेर भोट माग्ने गोरामुमोले फेरि भाका फेर्दै छैटौ अनुसूचीको माग गर्न थालेका छन् भने  सुब्रमण्यम स्वामीले युनियन टेरिटोरीको मुद्दा उठाएका छन्।

यसैबीच, तामाङले भाजपा र भाजपालाई चुनाउमा सघाउने राजनीतिक दलहरूलगायत विमल गुरुङपन्थी गोजमुमोले स्थायी राजनीतिक समाधान के हो, त्यो चाँड़ै जनतासमक्ष प्रकाश पार्नुपर्छ, जसले गर्दा पहाड़का मानिसहरूलाई फेरि विगतरा सुवास घिसिङ र विमल गुरुङले जस्तो दागोपाप र जीटीएजस्ता व्यवस्थाहरूमा नझुकाओस्।

गोरामुमोले र विमलपन्थी गोजमुमोले बजेट सत्रमा केही राम्रो खबर आउने दाबी गरे तापनि भाजपाले यसपटक पनि गोर्खाहरूलाई अपमानित गर्दै कर्नाटकका दुईवटा समुदायलाई जनजातिको मान्यता प्रदान गरे तापनि गोर्खालाई भने भाजपाले हावा मिठाईमात्र दिइएको तामाङले थप बताएका छन्।

‘यदि राजु विष्टले पहाड़को स्थायी राजनीतिक समाधानमाथि स्पष्ट बोल्छन् र उक्त स्थायी समाधानमाथि पहाड़वासीले स्वीकार गर्छन् भने म स्वयं राज्य सरकारलाई त्रिपक्षीय वार्ताका लागि अनुरोध गर्नेछु’, विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘तर राजु विष्ट अनि उनका सहयोगीहरूले स्थायी राजनीतिक समाधान भनेको के हो, त्यो जनतासामु नलुकाइ र कुरा नघुमाइ स्पष्ट गरून्। जनताअघि उनीहरू इमानदार छन् भने यो चुनौती स्वीकारून्। र, जनतासामु साँचो कुरा राखून्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here