तृणमूल विधायक अर्जुन सिंह भाजपामा सामेल

0
1702
अर्जुन सिंलाई भाजपामा स्वागत जनाउँदै कैलाश विजयवर्गिया र मुकुल राय। (फोटो : एएनआई)

कोलकाता, 14 मार्च : तृणमूल कङ्ग्रेसका विधायक अर्जुन सिंह बिहीबार भारतीय जनता पार्टीमा सामेल भएका छन्। लोकसभा चुनाउको मुखैमा सिंह भाजपामा सामेल भएपछि तृणमूल कङ्ग्रेसलाई ठूलो धक्का लागेको छ।

भाजपा महासचिव कैलाश विजयबर्गीय, राष्ट्रिय सचिव मुकुल राय र सांसद सौमित्र खानको उपस्थितिमा नयाँ दिल्ली अर्जुन सिंहले भाजपाको सदस्यता लिए।

उनी भाटपाड़ाबाट तृणमूल विधायक हुन्। यसभन्दा अघि पश्चश्चम बङ्गालको बोलपुर संसदीय सीटका तृणमूल सांसद अनुपम हाजरा पनि मङ्गलबार भाजपामा सामेल भएका थिए।

तृणमूल कङ्ग्रेसका प्रभावशाली नेता एवं भाटवाराका  विधायक अर्जुन सिंहले पार्टीबाट लोकसभा चुनाउका लागि टिकट नपाएपछि असन्तुष्ट थिए।

अर्जुन सिंहले भने, “यसपटक ब्यारेकपुरबाट मैले टिकटको आशा गरिरहेको थिए, तर पार्टीले दिनेश त्रिवेदीलाई यो संसदीय क्षेत्रबाट टिकट दियो। पार्टीको  यो निर्णयबाट स्थानीय पार्टी कार्यकर्ताहरू खुशी छैनन्।’’

उनले आफूसँग भन्नलाई केही नरहेको पनि बताए। त्रिवेदी र सिंहबीच बढ़्दो मतभेदले चिन्तित भएकी पार्टी सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार दुवै नेतालाई परस्परमा भेटवार्ता गरी मतभेद हटाउने तथा समस्याको समाधान निकाल्ने निर्देश दिएकी थिइन्।

केही दिन अघि उनले भाजपामा सामेल हुने सङ्केत दिएका थिए। एक प्रश्नको उत्तरमा उनले भनेका थिए, “भाजपामा मेरा धेरै आफन्त छन्। हेर्नेछु, आगामी दिनमा एक निर्णय लिनेछु।”

अर्जुन सिंहले आज भने, “पार्टीबाट टिकटको आशा गरिनु कुनै गलत कुरा होइन। मलाई नै उम्मेद्वार बनाइनुपर्ने मानिसहरूको माग थियो, तर पार्टीले दिनेश त्रिवेदीलाई सबैभन्दा योग्य दाबेदार रहेको ठान्यो।”

केही दिनअघि अर्जुन सिंहका  समर्थकहरूले ब्यारकपुर, भाटपाड़ा, बिजापुर र नैहाटी क्षेत्रमा आक्रामक रूपले प्रचार गरिरहेका थिए। यसबाट पनि सिंहले टिकट नपाए पार्टी परिवर्तन गर्ने सङ्केत देखिएको थियो।

अर्कोतिर भाजपामा सामेल भएपछि अर्जुन सिंहले टिकट पाउने पक्कापक्की भएको सूत्रको भनाइ छ, किनभने क्षेत्रमा उनको प्रभाव धेरै रहेको बताइएको छ।

उल्लेखनीय छ, लगातार चारपटक तृणमूल कङ्ग्रेसको टिकटमा सिंह विधानसभा पुगेका थिए। उनी भाटपाड़ाका प्रभावशाली नेता मानिन्छन्।

यसका साथै उनी भाटपाड़ा नगरपालिकाका अध्यक्ष पनि हुन्। उनी ब्यारकपुर संसदीय क्षेत्रबाट लोकसभा पुग्न चाहन्थे, तर ममताले दिनेश त्रिवेदीलाई यो क्षेत्रका उम्मेद्वार बनाइन्। जसको कारण क्षुब्ध बनेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here