कोलकाता, १४ मार्चः कोरोना भाइरसको बढ़्दो प्रकोपलाई ध्यानमा राखेर पश्चिम बङ्गाल सरकारले राज्यका सम्पूर्ण शिक्षण संस्थानलाई आउँदो ३१ मार्चसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीको तर्फबाट जारी प्रेस विज्ञप्तिका अनुसार १६ देखि ३१ मार्चसम्म राज्यका सबै सरकारी, सरकारी मान्यताप्राप्त, निजी शिक्षण संस्थान, स्कूल, महाविद्यालय, मदरसा, एसएसके/एमएसके बन्द रहनेछन्।
यी शैक्षिक संस्थानकाहरूका अन्तरिक परीक्षा पनि स्थगित गरिएको छ। यद्यपि बोर्ड परीक्षालाई भने स्थगित गरिएको छैन। बोर्ड परीक्षा भने तय सूचीअनुसार नै हुनेछ।
अर्कोतिर, पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आउँदो ३० मार्चका दिन समीक्षा बैठक बसिने बताइन्। उनका अनुसार त्यसदिनको समीक्षा बैठकमा अघिल्लो कदमबारे निर्णय गरिनेछ।