नयाँ दिल्ली, 14 मार्चः केन्द्र सरकारले कोरोना भाइरसलाई राष्ट्रिय आपदा घोषित गरेको छ। अब सबै राज्य सरकारले कोरोना भाइरससँग लड़्नका लागि राज्य आपदा प्रतिक्रिया कोष (एसडीआरएफ)-को प्रयोग गर्न सक्नेछन्।
यसैबीच देशमा कोरोना भाइरसको मामिला बढ़ेर 85 भएको छ, जबकि दुईजनाको मृत्यु भएको छ।
अर्कोतिर केन्द्र सरकारले कोरोना भाइरसको कारण ज्यान गुमाउने मानिसका परिवारलाई सहायता राशिको रूपमा 4 लाख रुपियाँ दिने घोषणा गरेको छ।
उल्लेखनीय छ, अहिलेसम्म कोरोना भाइरसको कारण दिल्ली र कर्नाटकमा एक-एक गरी दुईजनाको मृत्यु भइसकेको छ।
केन्द्रिय गृह मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘सरकारले कोभिड-19 –लाई आपदाकै लिने निर्णय गरेको छ, ताकि एसडीआरएफअन्तर्गत सहायता उपलब्ध गराउन सकियोस्।’
बयानमा थप भनिएको छ, ‘कोरोना भाइरसबाट ज्यान गुमाउने मानिसहरूका परिवारलाई 4 लाख रुपियाँको आर्थिक सहायता दिइनेछ, यसमा ती मानिसहरू पनि सामेल छन्, जसको मृत्यु राहत अभियान या यससँग संलग्न गतिविधिमा हुनेछ।’