कालेबुङ, १४ मार्चः त्रिवेणी अस्पतालका कर्मचारीहरूले आजदेखि धर्ना प्रदर्शन शुरू गरेका छन्।
आउँदो महिनादेखि वेतन नदिने आदेश जारी भएका कारण आफूहरूका भविष्य अनिश्चित देखेपछि कर्मचारीहरूले आज धर्ना प्रदर्शन गरेका हुन्।
रित्ता थालहरू अघिल्तिर राखेर कर्मचारीहरूले धर्ना प्रदर्शन गरिरहेका छन्।
“त्रिवेणी अस्पातललाई बन्द नगरिनु हुँदैन। यसको सञ्चालनलाई जारी राखिनुपर्छ”, कोरोनाको महामारीमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा पुऱ्याउने यी कर्मचारीहरूका माग छ।
यदि आफूहरूका यो मागबारे समयमै सुनवाइ नभए आगत दिन आमरण अनशन शुरू गर्ने उनीहरूले बताएका छन्।
“हाम्रो भविष्यसँग खेलाइची गर्ने कार्य नहोस्”, कर्मचारीहरूका भनेका छन्, “ न्यायका लागि हामी आमरण अनसन पनि बस्नेछौँ।”