क्वारेन्टाइनमा रहेका 9 जनाको दोस्रो टेस्ट पनि नेगिटिभ, पाए छुट्टी (भिडियोसहित)

0
1074

कालेबुङ, 14 अप्रेलः कोरोना सङ्क्रमणको भयले त्रस्त कालेबुङका लागि अर्को राहतको खबरमा प्रकाशमा आएको छ।

यहाँको दिशा सेन्टरमा बनाइएको क्वारेन्टाइनमा रहेका 5 र होम क्वारेन्टाइनमा रहेका 4 जना गरी कुल 9 जनाको दोस्रो टेस्ट नेगिटिभ आएको छ। उल्लेखनीय छ, दिशा सेन्टरमा कुल 23 जना क्वारेन्टाइनमा रहेका थिए।

यसैबीच नेगिटिभ आएका पाँचैजनालाई आज दिशा सेन्टरबाट छुट्टी दिइएको छ।

यद्यपि उनीहरू थप दुई साता होम क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ।

आज उनीहरूलाई दिशा सेन्टरबाट छुट्टी दिँदा उनीहरूको मनोबल बढ़ाउका लागि जीटीए बीओएका अध्यक्ष अनित थापा, नगराध्यक्ष रवि प्रधानलगायत अन्य उपस्थिति थिए। उनीहरूले थप्पड़ी बजाएर छुट्टी भएकाहरूको मनोबल बढ़ाउने कार्य गरेका थिए।

अर्कोतिर, कोरोना भाइरसका कारण मृत्यु भएको कालेबुङनिवासी महिलाको शुरूमा स्वास्थ्य जाँच गर्ने डा. जीएम देलगायत उनका तीनजना  सहयोगी स्वास्थ्यकर्मीको दोस्रो टेस्ट पनि नेगिटिभ आएको छ।

उल्लेखनीय छ, डा. दे होम क्वारेन्टाइनमा थिए भने उनका तीन सहयोगी स्वास्थ्यकर्मी आदर्श नर्सिङ होममै क्वारेन्टाइनमा रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here