जाति, भाषा अनि जातिको संस्कृति बँचाइराख्न सबैको कर्तव्य होः विनय

0
1239

दार्जीलिङ, 14 अप्रेलः आउँदो 17 अप्रेलका दिन सम्पन्न हुने पाँचौँ चरणको मतदानका लागि आज प्रचार अभियान समाप्त भयो।

चुनाउ प्रचारको अन्तिम दिन आज गोर्खा सांस्कृतिक शोभायात्रा समितिले स्थानीय रेलवे स्टेशनदेखि शोभा यात्रा निकाल्यो। उक्त शोभा यात्रा चौरस्ता पुगेपछि एक सांस्कृतिक कार्यक्रममा परिणत भयो।

विविध सांस्कृतिक नृत्यहरूमाझ आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्दै गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले सम्पूर्ण गोर्खा समुदायलाई नेपाली नयाँ वर्षको शुभकामना दिए।

उनले भने-“अहिले बङ्गालमा चुनाउको माहौल छ, जसमध्ये पाँचौं चरणको चुनाउका लागि आज प्रचार गर्ने अन्तिम दिन हो। तर, चुनाउ आउँछ-जान्छ, राजनीति आउँछ-जान्छ, तर जाति सबैभन्दा ठूलो हो। यसैले जाति, भाषा अनि जातिको संस्कृति बँचाइराख्न सबैको परम कर्तव्य हो।”

यसका साथै उनले गोर्खा जातिमाथि आइरहने विदेशीको लान्छनाबाट बच्नका लागि जातीय एकीकरण हुनपर्ने पनि आह्वान गरे।

यसरी नै उनले महाकाल बाबासमक्ष दार्जीलिङ पहाड़लाई शान्ति राखिदिने, रक्षा गरिदिने अनि भारतभरिका गोर्खा जातिलाई आफ्नो अस्तित्वको लड़ाइँमा जीतको आशीर्वाद दिने पनि प्रार्थना गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here