सिक्किममा एक साता पूर्ण लकडाउन

0
926
(साङ्केतिक तस्बिर)

गान्तोक, 14 मईः कोरोना सङ्क्रमण प्रतिदिन बढ़्दै गएपछि यसको रोकथामका लागि सिक्किम सरकारले राज्यमा एक साता पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ।

जानकारीका अनुसार आउँदो 17 देखि 24 मईसम्म सिक्किममा पूर्ण लकडाउन रहनेछ।

आज मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा बसिएको एक उच्चस्तरीय बैठकमा यस्तो निर्णय लिएको हो।

लकडाउनअवधि केवल दूध र औषधि पसल मात्र खुल्ला रहनेछन्, जबकि अन्य पसलहरूलगयात राशन र सब्जी दोकानसमेत बन्द रहने बताइएको छ।

अर्कोतिर, लकडाउनअवधि कोरोना टीकाकरणको कार्य भने जारी रहनेछ।

उल्लेखनीय छ, केही दिनयता सिक्किममा कोरोना सङ्क्रमण प्रतिदिनजस्तै बढ़्दै गइरहेको छ।

आजै मात्र राज्यमा कोरोना सङ्क्रमणका 232 नयाँ मामिला पुष्टि भएको छ, जबकि 6 जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्। आज पुष्टि भएका सङ्क्रमणका नयाँ मामिलामध्ये पूर्व सिक्किमबाट 155, पश्चिम सिक्किमबाट 30, दक्षिण सिक्किमबाट 40 र उत्तर सिक्किमबाट 7 रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here