कोलकाता, १४ जून : भारतीय जनता पार्टीमाथि आक्रामक देखिएकी तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार बङ्गालमा बस्नेहरूले बङ्गाल अनिवार्य बोल्नुपर्ने बताइन्।
उनले भनिन्, ‘बङ्गालमा बस्नेहरूले बङ्ग्ला बोल्नै पर्नेछ।’ हिन्दी बोल्ने भाजपा नेताहरूमाथि खनिएकी उनले भनिन्, ‘जब म बिहार, युपी र पञ्जाब जान्छु, त्यहाँकै भाषा बोल्छु।’
उत्तर २४ परगानामा तृणमूल कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ममताले भनिन्, ‘हामीले बङ्ग्लालाई अघि बढ़ाउनु पर्छ। यदि तपाईंहरू बङ्गालमा बस्नु हुन्छ भने बङ्ग्ला भाषा बोल्नै पर्नेछ।’
उनले अझ भनिन्, ‘म यस्ता अपराधीहरूलाई सहन गर्दिनँ, जो बङ्गालमा बस्छन् र बाइकमा यता उता घुमिरहन्छन्।’ अर्कोतिर उनले भाजपाले बङ्गाललाई गुजरात बनाउन चाहेको तर कदापि बङ्गाललाई गुजरातजस्तो हुन नदिने पनि बताइन्।
न्युज स्रोत नवभारत टाइम्स