ए! रातो गुलाफ

1
1757

प्रह्लाद राई

ए रातो गुलाफ

तँ घरको आँगनमा नफुल्नू है

तेरो मीठो मुस्कान देखेर

छिमेकीको मुखबाट राल

खस्न थालेको छ

ए! रातो गुलाफ!

ए! रातो गुलाफ

तँ सन्ध्याको चिसो हावामा

यताउता न उड्नू है

सुगन्धित तेरो वासनालाई निचोड्न

हजारौं मान्छेर आतुर छन्।

ए! रातो गुलाफ!

ए! रातो गुलाफ

तँ कोपिलाबाट निस्किएपछि

अङ्गरक्षक तेरो तिखो काँडालाई न हेप्नू है

तेरो सुन्दरतालाई कुल्चिन

आकार आकारका खुट्टाहरू

आविष्कार भइसकेका छन्।

ए! रातो गुलाफ

ए रातो गुलाफ

तँ भीर पाखा जङ्गलको

चप्लेटी ढुङ्गामा स्वतन्त्रले फुल्नू है

प्यासी छन् यहाँ धेरै

स्वतन्त्रको ढोङ्ग देखाइ

बन्धकी परेका फूलदानीहरू

ए! रातो गुलाफ।

(दार्जीलिङ)।

1 टिप्पणी

  1. प्रेम
    प्रेम यो दुई अख्छर को
    रहेछ संसार को नियम
    विभिन्न थरिका यो प्रेम
    अवश्य छ सबैलाई प्राणीमा
    लागछ अब त
    यो संसार थोरई भए पनि
    प्रेम ले मात्र अड़ेको छ
    सायद यो प्रेम नभए संसार
    रहंथयो कसरी होला
    रीस राग लाई पनि
    हटौना प्रेम भंदा
    कुनै हथियार हुनु सकदैन
    त्यसैले सबैसित प्रेम बाटेरा बसम।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here