केही छुटसँगै बङ्गालमा बढ़ाइयो ‘कोविड-19 प्रतिबन्ध’

0
1011

कोलकाता, 14 जूनः केही छुटसँगै बङ्गालमा ‘कोविड-19 प्रतिबन्ध’-लाई आउँदो 1 जुलाईसम्मका लागि बढ़ाइएको छ। आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोविड प्रतिबन्ध (लकडाउन)-लाई आउँदो 1 जुलाईसम्म बढ़ाइएको घोषणा गरेकी हुन्।

राज्यमा कोरोना महामारीका कारण उत्पन्न स्थितिलाई ध्यानमा राखेर प्रतिबन्धहरूलाई थप बढ़ाइने निर्णय गरिएको हो।

प्रतिबन्धलाई बढ़ाइए पनि यसमा केही छुट दिइएको छ।

के खुला/के बन्द?

25 प्रतिशत कर्मचारीहरूको उपस्थितिमा सबै सरकारी कार्यालय आउँदो 16 जूनदेखि खुला रहनेछन्।

-प्राइभेट/कर्पोरेट अफिसहरू 25 प्रतिशत कर्मचारीहरूको उपस्थितिमा बिहान  10 बजेदेखि अपराह्न 4 बजेसम्म खोल्न सकिनेछ।

-बजार/दोकानपाट बिहान 7-10 बजेसम्म खुला रहनेछन्।

-बिहान  10 बजेदेखि बेलुकी 6 बजेसम्म अन्याय दोकानहरू खुला रहनेछन्।

-मध्याह्न 12 बजेदेखि रातिको 8 बजेसम्म 50 प्रतिशत ग्राहकसहित रेस्टुराँ, होटल आदि खुला रहनेछन्।

-बिहान 11 बजेदेखि बेलुकी 6 बजेसम्म अधिकतम 30 प्रतिशत ग्राहक प्रवेशको अनुमतिसहित शपिङ मल/कम्प्लेक्स खुला राख्न सकिनेछ।

-बिनादर्शक खेलकूद गतिविधि स्टेडियममा सञ्चालन गर्न सकिनेछ।

-पार्कहरू प्रातः भ्रमण (मर्निङ वाक)-का लागि 6 देखि 9 बजेसम्म खुला रहनेछन्। यद्यपि कोरोना खोप लगाएका मानिसहरूलाई मात्र पार्कभित्र प्रवेशको अनुमति दिइनेछ।

-सिनेमा घर, जिम, स्पा सेन्टर आदि बन्द नै रहनेछन्।

-लोकल ट्रेन, बस र मेट्रो परिसेवा बन्द नै रहनेछन्।

-चिकित्सालय सम्बन्धी कार्यका लागि अटो र ट्याक्सी चलाउन सकिनेछ। साथै हवाईअड्डा पुग्नका लागि अटो र ट्याक्सी लैजान सकिनेछ।

-अन्तर्राज्य बस सेवा/जलमार्ग र रेल सेवा बन्द नै रहनेछन्।

– राति 9 बजेदेखि बिहानको 5 बजेसम्म आवश्यकीय सेवालाई छोड़ेर मानिस/वाहनहरूको आवागमन बन्द रहनेछन्।

-सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द नै रहनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here