कोलकाता, 14 जूनः कुनै पनि अवस्थामा बङ्गाल विभाजन हुन नदिने अड़ानलाई ममता ब्यानर्जीले पुनः दोहोऱ्याएकी छन्।
हिजो अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले ‘उत्तर बङ्गालको सर्वाङ्गीण विकासका लागि छुट्टै उत्तर बङ्गाललाई छुट्टै राज्य बनाइनुपर्ने माग गरेकै भोलिपल्ट अर्थात् आज ममताले यस्तो अड़ान दोहोऱ्याएकी हुन्।
“हामी कसैलाई पनि बङ्गाल विभाजन गर्न दिनेछैनौँ”, उनले थपिन्, “जसले बङ्गाल विभाजन गर्न चाहन्छ, उसले जनताबाट उचित जवाब पाउनेछ।”