राष्ट्रिय राजमार्ग 10 –मा यातायात खुला

0
1407
दुईतर्फी खुला भएको राजमार्ग।

कालेबुङ, 14 जुलाई : पीडब्ल्यूडीको लगातार मिहिनेतपछि राष्ट्रिय राजमार्ग 10-मा वाहनहरूको दुईतर्फी आवागमन खुला भएको छ। कालीझोड़ानजिक सेती झोड़ामा माथि झरेर थुप्रिएको  पैह्रोलाई पूर्ण रूपमा सोहोर्न विभाग आज सफल बनेपछि उक्त ठाउँमा वाहनहरूको दुईतर्फी आवागमन  सम्भव बनेको हो।

उल्लेखनीय छ, बिहीवारदेखि पूर्ण रूपले ठप्प रहेको राजमार्ग शुक्रवार बेलुकी अस्थायी  रूपमा एकतर्फी रूपमा खुला गरिएको थियो। यद्यपि शनिवार बिहान करिब 8 बजे उक्त ठाउँमा पुनः पैह्रो झरेपछि करिब 5 घण्टा राजमार्गमा यातायात बाधित बनेपछि अपराह्नदेखि एकतर्फी रूपमा खुला भएको थियो।

सेती झोड़ामा वाहनहरूको आवागमन पूर्ण रूपले खुला भए तापनि गेल खोला र 29 माइलबीच राष्ट्रिय राजमार्गको एक चौथाइ भाग पैह्रोले सोहोरेर लगेकोले कुनै पनि समय राजमार्ग बीचैमा चुँड़िने खतरा उत्पन्न भएको छ। यता सिक्किम र कालेबुङलाई सिलगढ़ीसँग जोड़्ने राष्ट्रिय राजमार्ग 10 मा यातायात पूर्ण रूपले खुला भएपछि यात्रुहरूले राहत पाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here