थप १५ जना कोरोना सङ्क्रमित, रङ्गेली र पाकिम महकुमा पूर्ण रूपमा लकडाउन

0
1714
(फाइल फोटो)।

गान्तोक, १४ जुलाईः पूर्व जिल्ला प्रशासनले रङ्गेली र पाकिम महकुमालाई पूर्णरूपमा लकडाउन गर्ने आदेश जारी गरेको छ।

आउँदो ३१ जुलाईसम्म यस क्षेत्रभित्रका कुनै पनि कार्यालय, होटल, दोकान, व्यवसायिक संस्थान, फ्याक्ट्री वर्कशप, गोडाउन सबै पूर्णरूपमा बन्द रहनेछ।

पाँचभन्दा अधिक मानिस एक स्थानमा भेला हुन पाउने छैनन्। अनावश्यक रूपमा मानिसहरू घरबाहिर निस्कन पाउने छैनन्।

आवश्यक अनि आपतकालीन सेवाका वाहन तथा अनुमति प्राप्त वाहनहरूबाहेक अन्य सबैको आवगमनमा प्रतिबन्ध लगाइएको छ।

अन्तर जिल्ला वाहनहरूको चलाचल पनि प्रतिबन्धित रहेको छ भने निजी वाहन र टु ह्विलरलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। रङ्गेलीपछि रिनाक बजारलाई पनि कन्टेनमेन्ट क्षेत्र घोषणा गरिएको छ।

रङ्गेलीको ग्रेफ क्याम्पबाट आज दुईजना अग्रिम पङ्क्तिका योद्धासँगै ग्रेफ क्याम्पको सम्पर्कमा रहेका १३ जना गरी कुल १५ जना व्यक्ति सङ्क्रमित भएको खबर प्रकाशमा आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here