वरिष्ठ पत्रकार टीबी घतानीको निधन

0
931

सिलगढ़ी, 14 जुलाईः सिलगढ़ीनिवासी वरिष्ठ पत्रकार टीबी घतानी (59) अब हामीमाझ सशरीर रहेनन्। आज बिहान उनको निधन भएको छ।

करिब चार दशकदेखि पत्रकारिता पेशामा रहेका उनी हिमालय दर्पण दैनिकका कार्यकारी सम्पादक पदमा थिए। हिमालचुली दैनिकदेखि पत्रकारिता शुरू गरेका उनले सगरमाथा र हाम्रो प्रजाशक्ति समाचार-पत्रमा सहसम्पादकका रूपमा कार्य गरेका थिए।

पारिवारिक सूत्रका अनुसार पोस्ट कोविड कम्प्लिकेशन्सका कारण उनको निधन भएको हो। उनको निधन नेपाली पत्रकारिताका लागि ठूलो क्षति हो।

पछिल्लो महिना उनी कोरोना सङ्क्रमित लामो समयदेखि उपचाराधीन थिए।

शुरूमा मतिगढ़ास्थित नियोटिया नर्सिङ होममा उपचाराधीन रहेका उनलाई 8-9 अघि मात्र उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा सारिएको थियो भने आज बिहान त्यहीं उनको निधन भएको हो।

जानकारीका अनुसार नियोटियामा उपचाराधीन हुँदै उनको कोविड रिपोर्ट नेगिटिभ आएको थियो, तर पोस्ट कोविड कम्प्लिकेशन्सलाई भने उनले जित्न सकेनन्।

उनले आफूपछि श्रीमती र एक छोरी छाड़िदिएका छन्। वरिष्ठ पत्रकार टीबी घतानीको निधनले पत्रकारिता क्षेत्र शोकमा डुबेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here