संसदको मनसुन सत्र शुरूः मीनाक्षी लेखी, अनन्त हेगडेसहित 17 सांसद कोरोना सङ्क्रमित

0
1026

नयाँ दिल्ली, 14 सेप्टेम्बर: संसदको मनसुन सत्र आजदेखि शुरू भएको छ। सत्र शुरू हुनअघि सबै सांसदको कोरोना टेस्ट गराइएको थियो, जसमा 17 जना सांसदको कोरोना रिपोर्ट पोजिटिभ आएको छ।

कोरोना सङ्क्रमित पाइएका सांसदहरूमा सुखवीर सिंह (भाजपा), हनुमान बेनिवाल (आरएलपी), मीनाक्षी लेखी (भाजपा), सुकान्त मजुमदार (भाजपा), अनन्त हेगड़े (भाजपा), जी. माधवी (वाईआरएससी), प्रताप राव जाधव (शिवसेना), जनार्दन सिंह सिग्रीवाल (भाजपा), विद्युत् बरन महतो (भाजपा), प्रघान बरुआ (भाजपा), एन रेडेप्पा (वाईआरएससी), सेल्वम जी (डीएमके), प्रताप राव पाटिल (भाजपा), रामशङ्कर कठेरिया (भाजपा), प्रवेश साहिब सिंह (भाजपा), सत्यपाल सिंह (भाजपा) र रोडमल नागर (भाजपा)  रहेका छन्।

उल्लेखनीय छ, कोरोना भाइयरस महामारीसम्बन्धी दिशानिर्देशहरूलाई पालन गर्दै आज संसदको मनसुन सत्र आरम्भ भएको छ। आज 359 सांसदले लोकसभाको कार्वाहीमा भाग लिए।

आज लोकसभाको कार्वाही बिहान 9 बजीदेखि अपराह्न 1 बजीसम्म भयो, जबकि राज्यसभाको कार्वाही 3 बजी शुरू भएको छ। यो कार्वाही बेलुकी 7 बजीसम्म चल्नेछ।

स्मरणरहोस्, कोरोना भाररसको महामारीलाई ध्यानमा राखेर सामाजिक दूरी सुनिश्चित गर्नका लागि सदस्यहरूलाई लोकसभा च्याम्बर, ग्यालेरीका साथै राज्यसभाको च्याम्बरमा बस्ने व्यवस्था गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here