सिक्किममा पार्टी शक्तिशाली बनाउन भाजपाले शुरू गऱ्यो कसरत

0
957

गान्तोक, 14 सेप्टेम्बरः भारतीय जनता पार्टीलाई सिक्किममा एउटा शक्तिशाली पार्टी बनाउने पहल गर्दै प्रदेश भाजपा हाल चारै जिल्लामा साङ्गठनिक विस्तारको प्रक्रियामा जुटेको छ।

आज उत्तर जिल्लाको मङ्गनमा प्रदेश अध्यक्ष डीबी चौहानको मुख्य आतिथ्यमा सम्पन्न बैठकमा गान्तोकका विधायक वाईटी लेप्चा, जङ्गुका विधायक पिञ्छो नामग्याल लेप्चा, जिल्ला अध्यक्ष टाशी ओङ्डुप लेप्चालगायत जिल्ला कार्यकारी समितिका पदाधिकारीहरूको उपस्थिति थियो।

बैठकले लद्दाखको भारत-चीन सीमामा भइरहेको चीनी सेनाको कायरतापूर्ण हमलाको निन्दा गर्दै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गऱ्यो।

यसरी नै कोरोना भाइरसको सङ्क्रमणसँग लड्न चालिएका कदमहरूको सराहना गर्दै सिक्किम सरकार र केन्द्र सरकारलाई धन्यवाद दिने प्रस्ताव ग्रहण गरियो।

यसैगरी आत्मनिर्भर भारत प्याकेजको घोषणाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीप्रति  कृतज्ञता प्रकटको प्रस्ताव पनि ग्रहण गरियो।

बैठकमा केन्द्र सरकारसमक्ष थाँतीमा रहेका राज्यका महत्त्वपूर्ण चारवटा माग लिम्बू-तामाङ जनजातिलाई सीट आरक्षण,  छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता, कर्मापाको सिक्किम भ्रमण र संविधानको धारा 371 एफ-को पूर्ण सुरक्षाप्रति भाजपा सिक्किमको प्रतिबद्धता रहेको प्रस्ताव ग्रहण गरियो।

बैठकलाई प्रदेश अध्यक्ष चौहान र विधायकद्वय वाईटी लेप्चा र पिञ्छो नामग्याल लेप्चाले सम्बोधन गर्दै पार्टीको साङ्गठनिक शक्ति दह्रो बनाउने विषयमाथि बल दिए। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here