मुनिश तामाङ बने नेशनल फेडरेसन फर न्यू स्टेट्सका अध्यक्ष

0
1079

दार्जिलिङ, १४ सेप्टेम्बरः भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष, ड. मुनिश तामाङ ‘नेशनल फेडरेसन फर न्यू स्टेट्स’ (एनएफएनएस)-का अध्यक्ष बनेका छन्।

एनएफएनएस एउटा यस्तो राष्ट्रिय मञ्च हो, जहाँ राजनीतिक र सामाजिक सङ्गठनका नेतृत्वहरू संलग्न छन्।

एनएफएनएसले छुट्टै राज्यको मागलाई अघि बढ़ाइरहेका छन्।

हाल यसले गोर्खाल्याण्डलगायत उत्तर-पूर्वाञ्चलका केही राज्य तथा बोडोल्याण्ड, विदर्भ, बुन्देलखण्ड, तिप्राल्याण्ड, लद्धाखलाई आफ्नो कार्यसञ्चालनभित्र समावेश गरी यी राज्यहरूका गठनका लागि कार्य अघि बढ़ाइरहेको छ।

उल्लेखनीय छ, छुट्टै राज्यमा परिणत हुनभन्दा अघि तेलङ्गना र झारखण्ड पनि यही फोरमका अभिन्न अङ्ग थिए।

यति मात्र होइन एनएफएनएसले पछिल्ला समयमा देशका विभिन्न स्थानमा आयोजित सभाहरूमा दार्जिलिङ पहाड़बाट गोरामुमो, क्रामाकपा, गोजमुमो अभागोली जाप आदि पार्टीले सहभागिता जनाइसकेका छन्।

यसैबिच एनएफएनएसको अघिल्लो सभा दार्जिलिङमा आउँदो २६ सेप्टेम्बरका दिन  हुने बताइएको छ।

यस दिन एनएफएनएसले दार्जिलिङमा गोर्खाल्याण्ड क्षेत्रका विभिन्न राजनीतिक, सामाजिक सङ्गठनका नेतृत्वहरूसँग अन्तर्क्रियात्मक सभा गर्ने निधो गरेको छ।

सभापछि फोरमले पत्रकारहरूलाई सम्बोधन पनि गर्नेछ।

यस सभा फोरमका वरिष्ठ सदस्यहरूलगायत त्रिपुराका क्याबिनेट मिनिस्टरहरू, बोडोल्याण्डका मुख्य कार्यकारी सदस्य, गारो अटोनोमस काउन्सिलका उप-मुख्य कार्यकारी सदस्य, लद्धाखका पूर्व मुख्य कार्यकारी सदस्य, बुन्देलखण्ड विकास परिषद्का उपाध्यक्ष, पूर्व सांसदहरू, विधायकहरू, तेलङ्गना, विदर्भ अनि असमका अटोनोमस जिल्लाका नेतृत्वहरूको महत्वपूर्ण समावेश रहनेछ।

यसै समावेशमा ड. मुनिश तामाङले अध्यक्षको पदभार ग्रहण गर्नेछन्।

यसअघि एनएफएनएसका अध्यक्ष महाराष्ट्र राज्यका पूर्व महाधिवक्ता श्रीहरी आने थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here