नयाँ दिल्ली, 14 अक्टोबर : अर्थशास्त्रको क्षेत्रमा वर्ष 2019-मा उल्लेखनीय कार्यका लागि तीनजना संयुक्त रूपले नोबेल पुरस्कार दिइने घोषणा गरिएको छ। पुरस्कार पाउनेहरूमा एक भारतीय मूलका अर्थशास्त्री अभिजीत ब्यानर्जी पनि छन्।
उनीलगायत पुरस्कार पाउने दुईजना एस्थर डफ्लो र माइकल क्रेमर हुन्। उल्लेखनीय छ, एस्थर डफ्लो अभिजीत ब्यानर्जीकी पत्नी हुन्। वैश्विक गरिबीलाई कम गर्नका लागि यी तीनैजना अर्थशास्त्रीले गरेको प्रयोगात्मक दृष्टिकोणका लागि संयुक्त रूपले यसवर्षको पुरस्कार दिइने भएको बताइएको छ।
अभिजीत ब्यानर्जी मूलत: कोलकातावासी हुन्। उनको जन्म पनि कोलकातामा नै भएको हो। उनका आमा-बाबा दुवै अर्थशास्त्रकै प्राध्यापक थिए। अभिजीत ब्यानर्जी वर्तमानमा एमआईटीमा अर्थशास्त्रका प्राध्यापक हुन्। उनको जन्म 1961-मा भएको हो।
यसैगरी एस्थर डफ्लो अर्थशास्त्रको क्षेत्रमा नोबेल पाउने दोस्रो महिला हुन्। यसका साथै उनी यो पुरस्कार प्राप्त गर्ने सबैभन्दा युवा अर्थशास्त्री पनि हुन्।