नर्सिङ होममा उपचाराधीन बिरामीद्वारा आत्महत्या

0
1081
साङ्केतिक फोटो।

सिलगढ़ी, १४ अक्टोबर : सोमबार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालनजिकै रहेको एक नर्सिङ होमको चौथो तलाबाट एक बिरामीले हाम फालेर आत्महत्या गरेको घटनाले तनाउ सिर्जना भयो। ४० वर्षीय बिरामी रामनाथ कराटीको घटनास्थलमा नै मृत्यु भयो।

जानकारीका अनुसार हृदयाघात भएपछि कावाखालीनिवासीलाई उनलाई दुई दिनअघि मात्र उक्त नर्सिङ होममा भर्ती गरिएको थियो।

अर्कोतिर परिवारका सदस्यहरूले अस्पताल सुरक्षा र कर्मचारीहरूको लापरवाहीको आरोप लगाएर व्यापक विरोध प्रदर्शन गरे, जसको फलस्परूप उक्त नर्सिङ होमको माहोल तनाउपूर्ण बनेको थियो।

मृतकका छोरोले बताएअनुसार उनका पिता रामनाथ कराटीलाई जेनरल वार्डमा सारेपछि असामान्य व्यवहार गर्न शुरु गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here