दार्जीलिङ, 14 नोभेम्बरः निर्माणाधीन अवस्थामा रहेको दार्जीलिङ राज्य विश्वविद्यालयको नाम परिवर्तनमा राज्यपाल जगदीप धनखड़ले सहमति जताएका छन्। यसैले अब ग्रीनफिल्ड विश्वविद्यालयको स्थानमा दार्जीलिङ विश्वविद्यालयको नाममा जानिनेछ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार राज भवनबाट जारी बयानमा यसबारे जानकारी गराइएको छ।
उल्लेखनीय छ, 2018 मा तृणमूल सरकारले विधानसभामा दार्जीलिङ पहाड़का लागि राज्य विश्वविद्यालय विधेयक पारित पारित गरेको थियो। यद्यपि त्यसबेला पारित विधेयकमा विश्वविद्यालयको नाम ग्रीनफिल्ड युनिभर्सिटी राखिएको थियो।
यसपछि दार्जीलिङ पहाड़को नाम र यसको महत्त्वलाई बुझाउनका लागि उक्त युनिभर्सिटीको नाम दार्जीलिङ हिल्स युनिभर्सिटी राखिनुपर्ने माग सबैले गरेपछि 2019 को शुरुमा सरकारले पुनः संशोधन विधेयक ल्याएर यो विश्वविद्यालयको नामलाई दार्जीलिङ हिल्स युनिभर्सिटी बनाएको थियो, जुन नाममा राज्यपालले सहमति जनाएका हुन्।
उल्लेखनीय छ, अहिले यो राज्य विश्वविद्यालय निर्माणाधीन अवस्थामा छ। मङ्पु सिन्कोना बगानअधीनस्थ जोगीघाट क्षेत्रमा स्थापित हुने यो विश्वविद्यालय पहाड़को शैक्षिक विकासका लागि महत्त्वपूर्ण प्रमाणित हुनेछ।