दार्जीलिङ, 13 दिसम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का अध्यक्ष मन घिसिङको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ।
गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले जनसंवादलाई बताएअनुसार दार्जीलिङ, तराई एवं डुवर्सको स्थायी राजनीतिक समाधानको मुद्दा बोकेर गोरामुमो टोली आज दिल्ली प्रस्थान गरेको हो।
टोलीले भोलि गृहमन्त्री अमित शाहसँग भेट गरी स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजाति मान्यताको मुद्दाबारे छलफल गर्नका साथै यी दुवै मुद्दाको शीघ्र समाधानको कार्यान्वयनको माग राख्ने पनि उनले बताएका छन्।
छेत्रीका अनुसार भोलि नै गोरामुमो टोली दिल्लीबाट फर्किनेछ। टोलीमा मन घिसिङलगायत प्रवक्ता महेन्द्र छेत्री र दार्जीलिङका भाजपा विधायक नीरज जिम्बा रहेका छन्।