सिलगढ़ी, 13 दिसम्बरः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज अपराह्न जलपाइगढ़ी आइपुगेकी छन्। उनी तीनदिने भ्रमणमा उत्तर बङ्गाल आएकी हुन्।
आज अपराह्न बाघडुग्रा हवाइअड्डा ओर्लिएकी ममता त्यहाँबाट हेलिकप्टरमार्फत् सोझै जलपाइगढ़ी गएकी हुन्।
जानकारीका अनुसार उनले भोलि जलपाइगढ़ी र अलिपुरद्वार तथा पर्सिका दिन कोचबिहारका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछिन्।
यसैबीच, उनले केही समयअघि जलपाइगढ़ी क्लब रोडस्थित पीडब्ल्यूडी बङ्ग्लोमा जलपाइगढ़ी र अलिपुरद्वारका विधायक र तथा नेतृत्वहरूसँग बैठक गरेको जानकारी पाइएको छ।