सिलगढ़ी, १५ जनवरी : सिलगढ़ीको एक स्कूलकी छात्रासँग स्कूलकै कर्मचारीले दुर्व्यवहार गरेको आरोप उठेको छ भने आरोपीलाई पुलिसले पक्राउ गरेको छ। यो घटना शहरको एक गर्ल्स हाइस्कूलमा घटेको हो। पुलिस सूत्रका अनुसार उक्त स्कूलकी एक छात्रासँग त्यसै स्कूलका एक कर्मचारीले दुर्व्यवहार गरेको आरोप लागेको छ। आरोपी कर्मचारीको नाम नारायण राय बताइएको छ।
छात्रा एघारौं श्रेणीकी छात्रा हुन् भने आरोपी राय स्कूलका क्लर्क हुन्। स्कूलकी प्रधानाध्यपिका दुर्गा ब्रह्माले उनी हिजो स्कूलमा नभएको र घटनाबारे स्कूलका अन्य शिक्षणकर्मीले फोन गरी जानकारी गराएको बताएकी छन्।
आरोपका अनुसार नारायण दासले छात्रासँग दुर्व्यवहार गरिरहेका बेला अन्य कर्मचारीहरूले यो घटनालाई देखे। उनीहरूले तत्कालै यो घटनाबारे स्कूलका शिक्षकहरूलाई जानकारी गराए। घटनाको जानकारी प्राप्त भएलगत्तै सिलगढ़ी पुलिस घटनास्थलमा पुगेर आरोपी नारायण दासलाई हिरासतमा लियो।
स्कूल प्रबन्धन समितिका अध्यक्ष मानस दासका अनुसार आरोपी क्लर्क नारायण दास अनियमित रूपले स्कूल आउने गर्छन्। आरोपका अनुसार दास कहिलेकाहिँ मातेर पनि स्कूल आउने गर्छन्। पुलिसले घटनाको जाँच गरिरहेको छ।