राजनीतिक होइन, कानुनी विषय लिएर कोलकाता गएको विमलको भनाइ

0
1143

सिलगढ़ी, 15 जनवरीः दुई दिनअघि कालेबुङबाट अचानक कोलकाता गएका विमल गुरुङ आज पुनः सिलगढ़ी फर्किए।

उनलाई आज पार्टी समर्थकहरूले बाघडुग्रा हवाईअड्डामा भव्य स्वागत जनाए।

यसअवधि पत्रकारहरूसँग कुराकानी गर्दै कोलकाता कुनै राजनीतिक विषय लिएर होइन तर कानुनी कुराका लागि गएको खुलाए।

“म राजनीतिक कुराले होइन तर कानुनी विषय लिएर कोलकाता गएको थिए”, विमलले भने।

अर्कोतिर आजै तराईको भ्रमणमा उनी निस्किए। यसअवधि पूर्व सभाशद् चम्पा विभारको घरमा पनि पुगे भने दुधेमा पार्टी कार्यालयको उद्घाटन गर्नका साथै त्यहाँका समर्थकहरूलाई सम्बोधन पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here