चार नगरनिगमको चुनाउ सऱ्यो पछि

0
876

चार नगरनिगमको चुनाउ सऱ्यो पछि

सिलगढी, १५ जनवरीः सिलगढी लगायत चार नगरनिगमको चुनाउ पछि सरेको छ।

कोरोना सङ्क्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर आज पश्चिम बङ्गाल चुनाउ आयोगले सिलगढी नगरनिगम, चन्द्रनगर नगरनिगम, विधाननगर नगरनिगम र आसनसोल नगरनिगमको चुनाउलाई तीन हप्ता पछि सार्ने निर्णय गरेको हो।

आज राज्य चुनाउ आयोगद्वारा जारी एक अधिसूचनाका अनुसार यी चार नगरनिगममा मतदान अब २२ जनवरीको सट्टा १२ फरवरीका दिन हुनेछ।

अधिसूचनाका अनुसार मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ।

स्मरणरहोस्, दुई दिनअघि कोलकाता उच्च न्यायालयले राज्य चुनाउ आयोगलाई कोरोना सङ्क्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर यी चार नगरनिगमको चुनाउ ४ देखि ६ हप्तासम्म स्थगित गर्ने सम्भवना खोज्न भनेको थियो। साथै न्यायालयले आयोगलाई यस सम्बन्धमा ४८ घण्टाभित्र निर्णय लिन भनेको थियो।

त्यसपछि हिजो राज्य सरकारले राज्य चुनाउ आयोगलाई एक पत्र पठाएर वर्तमान कोरोना महामारीका कारण चुनाउको तारिख पुनः निर्धारित गर्न सहमति दिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here