सिलगढी, १५ जनवरीः किराँती खम्बु राई सांस्कृतिक संस्थान (केकेआरएसएएस) केन्द्रीय समिति जलपाइगढीले आज येलेदोङ ५०८४ पालन गऱ्यो।
संस्थानका महासचिव सुनिल राईले जानकारी गराएअनुसार आज किराँती नयाँ वर्ष येलेदोङ ५०८४ सालुगढामा पालन गरिएको हो।
किराँती वर्ष ५०८४ पुगिसकेकाले पनि यो जाति कति पुरानो रहेछ भन्ने कुरा थाह लाग्ने हुनाले यसबारे सबै किरावाले जान्नुपर्ने राईले बताए।
उनले किराँत जातिका संस्कार, संस्कृति, परम्परा रीति थितिको संरक्षण र जानकारीमा सबै सजग हुनुपर्ने कुरामा जोड दिएका छन्।