हात्तीको दाँतसहित सिक्किमका 6 युवक पक्राउ, पक्रा पर्नेहरूमा आईआरबी जवान पनि सामेल

0
1016

सिलगढ़ी, 1 फरवरीः वन विभागले आज एक अभियान चलाएर हात्तीको दाँतसहित सिक्किमका 6 युवकलाई पक्राउ गरेको छ।

पक्रा पर्नेहरूमा एकजना आईआरबी जवान पनि सामेल छन्। यी आईआरबी जवान दक्षिण सिक्किमको अप्पर कोलथाङनिवासी हुन्।

पक्रा पर्नेहरूमा आईआरबी जवान गणेश छेत्री (27) लगायत पश्चिम सिक्किम दरामदिननिवासी ज्ञानडुप लेप्चा (30), पूर्व सिक्किमको सिङ्बेल जीपीयु डुङडुङनिवासी धनबहादुर प्रधान (33), आरिथाङ गान्तोकनिवासी रोहित तामाङ (49), लोअर जौबारी नाम्चीनिवासी दावा शेर्पा (39) र पश्चिम सिक्किम दरामदिननिवासी स्यामसन लेप्चा (28) रहेका छन्।

गोप्य सूत्रमार्फत् प्राप्त सूचनाको आधारमा विन विभागले आज बिहानीपख एक अभियान चलाएर उनीहरूलाई डुवर्सको ओदलाबारीको एक होटलबाट बिहान करिब 2 बजी पक्राउ गरेको हो।

उनीहरूबाट वन विभागले एक किलोग्रामभन्दा केही अधिक ओजनको रहेको हात्तीको दाँत बरामद गरेको छ।

यसका साथै एसके 06टी0166 र एसके 01जेड1162 नम्बरको दुइवटा वाहन पनि जफत गरिएको छ।

पक्रा परेका आरोपी तस्करहरूमाथि वन्यजीव संरक्षण अधिनियमको धारा 9, 39, 44, 48ए, 49, 49ए, 49बी, 50, 51 (1ए), 57 अन्तर्गत् मुद्दा दर्ता गरिएको छ। आज आरोपीहरूलाई जलपाइढ़ी अदालतमा प्रस्तुत गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here