एसकेएम-भाजपाबीच गठबन्धन नहुने : योकसम-टाशिडिङबाट एसकेएम उम्मेद्वार साङ्गे लेप्चा

0
1358
योकसम-टाशिडिङका एसकेएम उम्मेद्वार साङ्गे लेप्चा र पार्टी अध्यक्ष पीएस गोले।

गान्तोक, 15 जनवरी : आगामी लोकसभा चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले भारतीय जनता पार्टी (भाजपा)-सँग कुनै गठबन्धन नगर्ने बताएको गरेको छ। आज दक्षिण सिक्किमको जोरथाङमा सम्पन्न पार्टीको कार्यकारी समितिको बैठकमा यस्तो  एसकेएम अध्यक्ष पीएस गोलेले यस्तो बताएका हुन्। “एसकेएमले भाजपाबीच गठबन्धन गर्नेछैन। हामी विधानसभाका 32 वटै र लोकसभाको एउटा सीटमा आफ्नै बलबुतामा आफ्नै  चिह्न टेबल ल्याम्पमा लड़्नेछौं”, उनले भने।

एसकेएम अध्यक्षले आफ्नो सम्बोधनमा जनताले एक व्यक्तिविशेषको होइन, तर आफ्नै (जनता)-को सरकार बनाउनका लागि एसकेएम पार्टीलाई व्यापक भोट दिएर विजयी बनाउने अपील पनि गरे। उनले भने, “एसकेएम पार्टीको स्थापना सिक्किमबाट शोषण, दमन, भाइ भतिजावाद र भ्रष्टाचार आदिलाई जरैबाट उखेल्न र जनताको सरकार स्थापित गर्नका लागि भएको हो। यसै सोचलाई मनमा राखेर एसकेएमलाई भोट दिने म सिक्किमे जनतालाई अपील गर्छु।”

गोलेका अनुसार सिक्किममा रहेको तानाशाही शासनबाट मुक्ति पाउन र सुव्यवस्थित सरकार स्थापना गर्ने जनताको लक्ष्य हुनुपर्छ।  यो जनाकांक्षालाई केवल एसकेएमले पूरा गर्ने गोलेको दाबी छ।

अर्कोतिर आजको कार्यकारी समितिको सभाबाटै योकसम-टाशिडिङ समष्टिका लागि साङ्गे लेप्चालाई एसकेएम उम्मेद्वारको घोषणा गरे।

एसकेएमका प्रचार-प्रसार महासचिव बीपी शर्माले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएअनुसार साङ्गे लेप्चालाई योकसम-टाशिडिङका लागि सर्वसम्मतिद्वारा उम्मेदवार चयन गरिएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here