गाड़ीधुरामा शहीद मेजर दुर्गा मल्ल सालिग स्थापना गरिने

0
1910

दार्जीलिङ, 15 मार्चः गाड़ीधुरा मोड़मा पनि शहीद मेजर दुर्गा मल्लको 12 फीट अग्लो सालिग निर्माण हुने निश्चित भएको छ।

गाड़ीधुरा नवदीप परिवारले सानो र विपन्न गाड़ीधुरालाई एउटा पर्यटन स्थलको रूपमा विकसित गराउने उद्देश्यको प्राथमिक पहलअनुसार नै यहाँ शहीद मेजर दुर्गा मल्लको सालिग निर्माण गरिने भएको हो।

जसको उद्घाटन नेपाली पहिलो वर्ष अर्थात् बैशाक 1 गतेका दिन गर्ने तय गरिएको नवदीप परिवारले बताएको छ।

आज यसै विषय लिएर परिवारका सचिव रोशन विश्वकर्म, सल्लाहकार अनिल विश्वकर्म र ध्रुब शर्माले भने, “देशको संसद परिसरमा निर्माण भएको मेजर दुर्गा मल्लको सालिगजस्तै गाड़ीधुरामा स्थापना गरिने सालिगमा पनि मेजर मल्ल घोड़ामा नै चढ़ेका हुनेछन्। जसको निर्माण हाल मूर्तिकार अमिर सुन्दासले गरिरहेका छन्।”

उनीहरूले थपे, “दार्जीलिङ पहाड़ र तराईको सङ्गमस्थल, चारैतिर चियाकमानले घेरिएको यो सानो गाड़ीधुरा गाउँको जनसङ्ख्या लगभग 15 हजार छ।”

उनीहरूका अनुसार यसै गाउँमा करिब 150 घरद्वारा गठन गरिएको गाड़ीधुरा नवदीप परिवारले सम्पूर्ण गाउँलाई नै समेटेर यहाँ मेजर मल्लको सालिग निर्माण गर्ने जमर्को कसिरहेको छ।

करिब 8 लाख रुपियाँको खर्चमा निर्माण हुनलागेको यो सालिगले भविष्यमा दार्जीलिङ पहाड़ चड्ने सम्पूर्ण पर्यटक साथै स्थानीय मानिसहरूको ध्यान आकर्षण गर्ने आशा गरिएको पनि परिवारले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here