अफवाह फैलाएको आरोपमा युवक पक्राउ

0
1078
सदर थानाका प्रभारी तीर्थ नाथ।

दार्जीलिङ, 15 अप्रेलः दार्जीलिङ पुलिसले अफवाह फैलाउने एक युवकलाई पक्राउ गरेको छ।

लकडाउनको कारण दार्जीलिङमा फँसेका दुई स्पेनी र एक पोर्तुगेली पर्यटकलाई लिनका लागि आएरको हरियाणा नम्बरको बसलाई केन्द्र गरी अफवाहलाई सोशल मिडियामा भाइरल गरेको आरोपमा दार्जीलिङ टाउननिवासी ती युवकलाई पक्राउ गरिएको दार्जीलिङ सदर थानाका प्रभारी तीर्थ नाथले बताएका छन्।

ती युवकले उक्त बस किन दार्जीलिङ आएको हो र बसभित्र रहेका विदेशी नागरिकबारे सत्यता नबुझीकनै  अफवाह फैलाएको पुलिस अधिकारी नाथले बताए।

उनका अनुसार पक्रा परेका युवकविरुद्ध डिजास्टर म्यानेजमेन्ट र आईटी एक्टअन्तर्गत मुद्दा दर्ता गरिने पनि जनाएका छन्। यद्यपि नाथले पक्रा परेका युवकको परिचय भने खुलाएनन्।

उल्लेखनीय छ, आज बिहान करिब 6.30 बजेतिर स्थानीय अप्पर क्लब साइड परिसरमा हरियाणा नम्बरको एउटा बसमा विदेशी नागरिकहरू चढ़िरहेको देखेपछि एक युवक पूर्णरूपले आत्तिएका थिए।

त्यसपछि ती युवकले बसको भिडियो नबनाएर सोशल मिडियामा भाइरल गरेका थिए।

यद्यपि उक्त बस लकडाउनका कारण केही दिनदेखि दार्जीलिङमा अड़्केका दुई स्पेनी र एक पोर्तुगेली नागरिकलाई ल्याउनका लागि केन्द्रिय गृह मन्त्रालय नै पठाएको पुलिसले स्पष्ट पारेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here