जबसम्म रङ्नीत चियाकमान बन्द हुँदैन, तबसम्म अनशन बस्नेछौँ : अजय एड्वर्ड्स

0
963

दार्जिलिङ, १५ अप्रेलः करिब सात महिनापछि आजदेखि खोलिएको दार्जिलिङस्थित रङ्नीत चियाकमानको समस्या गरिहिँदै गइरहेको छ।

श्रमिकहरूका पक्षमा स्थानीय ग्राम सुधार सम्मेलनले राखेका ९ बुँदे मागलाई बेवास्ता गरी आजदेखि यस चियाकमान खोलिएको भन्दै रङ्नीत चियाकमानका श्रमिकवर्ग र ग्राम सुधार सम्मेलनले अनशन शुरू गरेका छन्, जुन अनशनमा हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्स, उनकी श्रीमती नम्रता एड्वर्ड्स, केन्द्रीय उपाध्यक्ष प्रमोष्कर ब्लोन, महासचिव फुर्तेम्बा भोटिया र कोषाध्यक्ष विमल झावर पनि बसेका छन्।

यसैगरी ग्राम सुधार सम्मेलनको पक्षमा अध्यक्ष रोशन लामा, उपाध्यक्ष सुदेश राई, जितेन राई, शारदा वाइबा, मिनु थापा, शोभा गुरुङ, पुष्पिता राई, सुजला देवान, विन्दु शेर्पा, मनिता राई, तृप्ति छेत्री, बिर्सिका तामाङ, ममता राई र जनिता तामाङ अनशनमा बसेका छन्।

यसैबिच, पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले आफूहरू कमान खोल्नेविरुद्ध नरहेको तर श्रमिकहरूका पक्षमा राखिएका मागहरू भने मालिकपक्षले मानिलिनुपर्ने बताए।

साथै रङ्नीत चियाकमान बन्द नभएसम्म अनशन जारी नरहे पनि उनको भनाइ छ।

“जबसम्म यस चियाकमान बन्द हुँदैन, तबसम्म अनशन बस्नेछौँ”, उनले भने।

एड्वर्ड्सको आरोपका अनुसार यस चियाकमानका मालिकवर्गले पैसाको आडमा श्रमिकहरूका मुख थुन्ने कार्य गर्दै आइरहेको छ। साथै टी टुरिज्मका सम्पूर्ण नियमलाई मिचेर मालिकवर्गले जतासुकै चियाका बोटहरू उखाल्ने कार्य गरिरहेको पनि हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सको आरोप छ।

उल्लेखनीय छ, रङ्नीत चियाकमानको मालिकवर्गले पछिल्लो वर्ष टी टुरिज्मको नाममा रिसोर्ट बनाउने कार्य शुरू गरेपछि नै विवाद सिर्जना भएको हो।

रिसोर्टको नाममा जहीँ त्यहीँ खनजोत गरिरहेको, अनियन्त्रित ढङ्गमा चियाका बोटहरू उखेलेको श्रमिकवर्गको आरोप छ। यसैबाट तन्किएको विवादका कारण रङ्नीत चियाकमान बन्द भएको थियो, जुन कमान आजदेखि खोलिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here